नागरिकता विधेयकको नयाँ व्यवस्था के छ ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै विरोध भइरहेको छ।

संसदको दुबै सदनबाट २० भदै २०७९ मा पारित गरेर तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीसामक्ष प्रमाणीकरण गर्न पठाइएको नागरिकता विधेयक पमाणीकरण नगर्दा निष्क्रिय भएको थियो।

राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने विधेयक होल्ड गरेर राख्दा निष्क्रिय भएको नागरिकता विधेयक मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरिदिएपछि यो विषयमा सर्वोच्चो अदालतमा रिट परेको छ।

विधेयक निष्क्रिय हुने हो वा होइन भन्ने विषय वहसको विषय बनिरहेका बेला नागरिकता विधेयक राजपत्रमा समेत प्रकाशित भइसकेको छ। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।