भुटानी शरणार्थी प्रकरण: टोपबहादुर मुख्य योजनाकार

फाइल फाेटाे

काठमाडौं। भुटानी शरणार्थी नेता टेकनाथ रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ’प्रचण्ड’सँग भेटवार्ता गराएको खुलासा गरेका छन्।

सानु भण्डारी र केशव दुलालले आफूलाई केपी ओली र प्रचण्ड कहाँ पुर्याउन भनेपछि टोपबहादुरले उनीहरुले प्रचण्ड कहाँ पुर्याएको र टोपबहादुरले प्रचण्ड कहाँ पु-याएको बयान दिएका छन्।

जिल्ला अदालत काठमाडौंमा बयानको क्रममा रिजालले प्रचण्डसँग भेटेपछि टोपबहादुरले सानु र केशवलाई चिनजान गराएको र प्रचण्डले आफू व्यस्त भएकाले टोपबहादुरसँग सबै कुरा गर्न र सम्बोधन हुनसक्ने भनए समाधान गर्नु भनेको बताएका हुन्।

यो भेटपछि सानु र केशवमाथि शंका लागेको भएपनि उनीहरुले भने जस्तो आफ्नो रोकिएको सुविधान पनि सुचारु भएको र भुटानी शरणार्थीबारे निर्णयहरु हुन थालेको रिजालको बयान छ।

त्यसपछि आफूहरु उनीहरुले भने जस्ता (नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने) काम हुने रहेछ भन्ने लागेको भन्दै रिजालले टोपबहादुर रायमाझी,सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी पाएको दाबी गरेका छन्।