एएफसी यू–२० राष्ट्रिय महिला फुटबल टोली म्यानमार पुग्यो

काठमाडौं। एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा सहभागी हुने नेपाली महिला टोली सोमबार म्यानमारको राजधानी याङ्गुन पुगेको छ।

नेपाली टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ ९एन्फा० ले विदाइ गरेको थियो। नेपाली टोली आइतबार नै म्यानमारतर्फ प्रस्थान गरेको थियो।

नेपाली टोली दोस्रो चरणको छनोट प्रतियोगिताको समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा चीन, आयोजक म्यानमार र चाइनिज ताइपेइ रहेका छन्।

नेपालले जुन ६ तारिखमा आयोजक म्यानमारसँग खेल्दै छनोट प्रतियोगिताको सुरुआत गर्नेछ। उक्त खेल म्यानमारको समयअनुशार, साँझ साढे ६ बजे सुरु हुनेछ।

यसैगरी नेपाले जुन ८ तारिखमा चीन र जुन १० तारिखमा चाइनिज ताइपेइसँग छनोट खेल खेल्नेछ। नेपालले यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरणको छनोटमा स्थान पक्का गरेको थियो।

दीपा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा गोलरक्षकतर्फः कविता विक,लिला जोशी र सावित्री किसान छन्।

डिफेन्समा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुल,सिमरन राई, दिव्या यस्माली मगर,प्रतीक्षा चौधरी,सजनी थोकर र कुमारी तामाङ रहेका छन्।

यसैगरी मिडफिल्डरमाः दीपा शाही (कप्तान),सरस्वती हमाल,मनमाया दमाई, सुनकला राई, हिमा रावत, सुष्मा जिटी,अञ्जली माचामासी र सारा बज्राचार्य रहेका छन्। स्ट्राइकरमा भने अमिषा कार्की, ममता पुन, गरिमा राई र सदिपा भोलन रहेका छन्।