धितोपत्र वोर्डबाट थप ११ वटा ब्रोकर कम्पनीलाई कारोबार अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा ब्रोकर कम्पनीलाई काम गर्ने अनुमति दिएको छ। जसमा एउटा धितोपत्र व्यापारी कम्पनी र १० वटा धितोपत्र खरिद विक्री गर्ने दलाल कम्पनी रहेका छन्। नविल बैंकको सहायक कम्पनी नविल सेक्युरिटिज लिमिटेडले धितोपत्र ब्यापारीको अनुमति पाएको हो।

धितोपत्र खरिद विक्रीको कारोबारको अनुमति पाउनेहरुमा एलिट स्टक हाउस, इन्फििनिटी सेक्युरिटिज, इण्डेक्स सेक्युरिटिज, शुमकामना सेक्युरिटिज र मेघा स्टक मार्केट्स रहेका छन्।

यस्तै, हातेमालो फाइनान्सियल सर्भिसेज, मनी वल्र्ड शेयर एक्स्चेञ्ज, माछापुच्छे सेक्युरिटिज, केबीएल सेक्युरिटिज र कलश मार्केट्स प्रालिले पनि ब्रोकर अनुमतिपत्र पाएका छन्।

धितोपत्र वोर्डले यस अघि सात वटा नयाँ ब्रोकर कम्पनीहरुलाई कारोबारको अनुमति दिईसकेको छ।