प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दै छ।बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूचि रहेको छ।

संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले बुधबार पनि निरन्तरता पाउने भएको हो ।

छलफलको क्रममा प्रतिपक्षी सांसदहरूले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् भने सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्।