आज मिति २०८१ साल जेठ ३१ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी,तपाईको भाग्य कस्तो छ हेर्नुहोस् राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिने छन्। विशेष सभा समारोहमा भाग लिने मौका छ। मान सम्मान पनि पाइनेछ ।धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ। साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। पढाइमा सुधार हुने दिन छ। सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। व्यापार व्यवसायमा लगानी बढाउन सकिनेछ। विभिन्न अवसरले पछ्याउने छन्। हिम्मतले काम लिने समय छ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित होइएला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। घरमा सुख समृद्धि बढ्नेछ। बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। कृषि तथा पशुपालनमा त्यति लाभ नभएपनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। आर्थिक अभावले भने अलि सताउनेछ। व्यवसायमा केही उतार चढाव आउला। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ। कुटुम्बको सहयोग प्राप्त होला। नोकरी प्राप्त हुने सम्भावना छ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। सन्तानबाट सुख मिल्ने योग छ। रोकिएका काम सुरु हुनेछन्। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। मित्रता र प्रेमको बन्धन कसिन सक्छ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साथै, धनजनको आर्जन होला। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। यात्राको योग छ। पठन पाठनमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तुल्याउन सकिनेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। धन तत्काल खर्च गर्नुपर्ला। छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेछ। धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घर खर्च पनि बढ्नेछ। तपाईंको विचारलाई धेरैले मन पराउनेछन्। नाता गाँस्नेहरूले केही दुःख दिनेछन्।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- समझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। आयआर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ। पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ। धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। धर्म कर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ। कृषि र पशुपालनबाट फाइदा होला। रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्नेछ। धन लाभ होला,वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ। नयाँ काम बन्नेछ । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । खर्च लागेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् ।