आज मिति २०८१ साल असार ५ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- लामो समयदेखि रोकिएको काम बन्नेछन्। आम्दानीमा कमी हुने छैन, नसोचेको ठाँउबाट धन आउने दिन छ। आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ। पारिवारिक समस्या पनि बढ्ने देखिन्छ। रुचिका विषयमा लगानी बढाउने समय छ। नसोचेको ठाँउबाट आम्दानी हुने दिन छ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ। धनको लाभ हुनेछ। काममा जोश जाँगर आउनाले मन प्रफुल्ल होला। सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ। व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। आर्थिक लाभ हुने दिन छ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कसैसँग मनमुटाव हुन सक्छ। वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला। अनायसै रुपैँया पैसाको पनि क्षती हुने दिन छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला। साथै, मनमा पिडाले पनि सताउने छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- श्रमको उचित मूल्यांकन हुनेछ। तर, काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ। काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। मान सम्मान पनि पाइएला।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- पारिवारिक आवश्यकता पूर्ति होला। घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ। दिन मनोरन्जका साथ बित्नेछ। सोचेको काम बन्नाले मन हर्षित हुनेछ। मान्यजनको आगमन पनि हुन सक्छ। स्वादिष्ट भोजनको आनन्द पाइएला। आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गर्ने दिन रहेको छ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आम्दानीको स्रोत समेत बढ्नेछ। वाहन चौपाया आदीको कामबाट फाइदा हुने देखिन्छ। नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन्। सामान्यतया दिन ठिकै छ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। पारिवारिक सुख सम्मृद्धिमा बृद्धि हुनेछ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। नसोचेको ठाँउमा धनको नाश हुने दिन छ। स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला। सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ। भौतिक साधनको क्षति हुने दिन छ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- पितृधनको उपयोगबाट विशेष फाइदा होला। केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ। काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन्। खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ। नयाँ जिम्मेवारी पाइएला। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ। निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ। तपाइका प्रशंसा गर्नेहरु बढ्ने छन्। ब्यापार ब्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साथै, धन लाभ पनि हुनेछ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- खर्च लागेपनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। सानो प्रयासले रोकिएको काम बन्नेछ। टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ,आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ। अवसर आएपनि विचार गरेर मात्र नयाँ काम सुरु गर्नुहोला, कतै टाढाको यात्राको सम्भावना छ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ। केहि रुपैँया पैसा भने खर्च गर्नुपर्ने छ। भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ । शरिरमा सामान्य रोगले पनि सताउन सक्छ। स्वास्थ्यगत कमजोरीले सताउला। मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- टाढिएका आफन्तको यादले पिरोल्नेछ। अन्य कुरामा सुखले साथ दिनेछ। समयको भने बचत गर्नुहोला। तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन्। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला।