कांग्रेस संसदीय दलको आज बैठक बस्दै
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ। सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो।
त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ।
प्रमुख सचेतक रमेश लेखकले बैठकमा समसामयिक राजनीतिक विषयमा र बजेट लगायतका विषयमा छलफल हुने बताए।