सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा २७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको छ।
यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ थियो। जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो।
त्यस्तै चाँदीको मल्य तोलामा ५० रुपैयाँ घटेको छ। शुक्रबार प्रतितोला १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय १५ रुपैयाँमा झरेको छ।