काँग्रेसले लगानी सहजीकरण विधेयकबारे छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने भएको छ।

कांग्रेस संसदीय दलले दलको कार्यालय सिंहदरबारमा बुधबार दिउँसो १ बजे लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने लागेको हो।

उक्त कार्यक्रमको कांग्रेस राष्ट्रियसभा प्रमुख सचेतक कृष्णबहादुर रोकाय र प्रतिनिधिसभा सचेतक सुशिला थिङले कार्यक्रमको सहजीकरण गर्ने कांग्रेस दलको कार्यालयले जनाएको छ।

उक्त छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, वरिष्ठ अधिव्यक्ता राधेश्याम अधिकारी, ओमप्रकाश अर्याल, उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व उपसभामुख पुष्पा भुसाल र नेपाल उद्योग परिषदका प्रतिनिधिले आफ्नो राय राख्ने छन् ।

कांग्रेसले आफ्ना प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई छलफलमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएको छ।