रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

काठमाडौं। रुसी सेनामा कार्यरत तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वाराका एक युवाको मृत्यु भएको छ ।

सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो।

रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएका हुन् । स्थानीयका अनुसार उनी १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन थिए ,

घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको स्थानीय टेकबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् ।