चट्याङ लागेर एक महिलाको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं । पूर्वी नवलपरासीको कावासोतीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो कावासोती १४ अग्यौलीका बुद्धिराम महतोको खेतमा धान रोप्ने क्रममा चट्याङले लाग्दा घाइते भएका स्थानीय दिलकुमारी थरुनीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गम्भीर घाइते भएका उनलाई मध्य विन्दु जिल्ला अस्पताल डन्डामा उपचार गरेर थप उपचारका लागि चितवन भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।