पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ
काठमाडौं। पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्। पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई आइतबार अदालतमा पेश गरिने भएको छ।
बौद्धबाट शुक्रबार साँझ पक्राउ परेका थापालाई आज जिल्ला प्रहरी परिसर टेकुमा राखिने उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले जानकारी दिए।
थापा नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका अभियुक्त हुन्। भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै सरकारले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो।
कार्यदलको प्रतिवेदनमा नक्कली नामहरू घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको बताइएको छ। त्यसक्रममा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।