हतारमा पार्टी र वाम एकता हुँदैन: प्रधानमन्त्री प्रचण्ड

फाइल तस्वीर

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन्।चितवनमा शुक्रवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले विगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताए।

पार्टी एकता वा वाम एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छ र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ,प्रधानमन्त्री दाहालले भने।

पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उनले सतर्कताका साथ आफूहरू अगाडि बढेको बताए। प्रधानमन्त्री दाहालले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत गरेर काम गरिरहेको बताए।

मन्त्रालयका आ९आफ्ना जटिलता रहेको उल्लेख गर्दै उनले भने, ‘जनतालाई प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम देखिनुपर्छ। समग्रमा अहिलेको परिस्थिति जस्तो छ त्यही अनुसार सरकारले गर्न सक्ने काम मेहनत गरेर गरिरहेको उनको भनाइ थियो।

कृषकले पाउनुपर्ने दूधको भुक्तानीमा सरकारले पहल गरिरहेको प्रधानमन्त्री दाहालले बताए। कृषकका समस्या समाधान गर्न सरकारले गम्भीर भएर काम गरिरहेको उनको भनाइ थियो। धान रोप्ने समयमा किसानलाई मल अभाव नहुने उनले बताए।