रवि–मुकुल विवादमा प्रचण्ड र ओलीको ‘इन्ट्रि,सत्ताका कारण फुट्दै रास्वपा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टिका महामन्त्री डा।मुकुल ढकालको प्रतिवेदनले पार्टिमा मात्र नभई सत्ता गठबन्धकै मौनता तोडिदिएको छ। प्रतिवेदनलाई कार्यान्वयन गरे वर्तमान गठबन्धन ढल्ने खतरा छ भने पार्टिमै पनि क्षती हुने रास्वपा नेताहरु बताउछन। फलत: यसले प्रधानमन्त्री देखि रवि लामिछानेसम्मको टाउको दुखाउँदा रास्वपामा के भईरहेको छ त?
कांग्रेसको दुई महामन्त्रीको चपेटाबाट बचेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि रास्वपाका एउटै महामन्त्री भारी पर्न थालेका छन्। पुरानाको सँगत र सत्तारोहणका कारण पार्टि दुर्घटनामा पर्न लागेको उनको प्रतिवेदनले रास्वपालाई मात्रै गाजेको छैन प्रचण्डको समेत जरो हल्लाईदिएको छ।
जसको सको संकट निवारण रवि लामिछानेबाटै मात्र नहुने देखेका उनी स्वयम रवि मुकुल मिलाउन लागि परेका छन्। फलत रास्वपाका पदाधिकारी देखि सांसद भेट्नेसम्मका कार्यमा व्यस्त बनेका उनले केहिलाई मन्त्री फेरिदाँ पालो आउछँ भन्दै थुमथुमाउन नै भ्याएका छन्।
एकातर्फ रास्वपामा देखिएको विष्फोटको अवस्थामा आफ्ना लागि फाईदाजनक र अर्कातर्फ सत्ता टुट्ने डरले त्रासले रुन्चेहासोमा रहेका उनी मध्यमार्गी बाटोको खोजीमा व्यस्त छन्।
यहि प्रतिवेदनका कारण सबैभन्दा धेरै रविलाई वोक्ने ओलीसमेत चिन्तित देखिदाँ प्रतिवदेनले रास्वपामै पनि तलदेखि माथिसम्म दुई धार खडा गरेको छ। यसैको परिणाम रवि पक्षधर यतिवेला ज्ञापनपत्र बुझाउँदै कारबाहीका लागि दवाव बढाईरहेका छन्।
जुन दवावले रविले मुकुललाई प्रष्टिकरण नै सोध्दा दुई मिलेर अरु दवाउदासम्म पार्टि किन ठिक भयो भन्दै मुकुलमाथि नै प्रश्न उठाउने रवि विरोधी तेश्रो धार समेत छ।
कतिपयले मुकुलले भनेको कुरा पार्टि विग्रान नभई चेतावनी भएको भन्दै उनको बचाउँ गर्दा व्यक्तिगत र पार्टिगत कारणले नै पनि रवि सत्ता छोड्ने अवस्थामा छैनन्।
विपक्षीमा पुगे ओली प्रचण्डले सहकारी मुद्धा उठाउने देखि पार्टि नै फुटाईदिने डर उनमा देखिन्छ्। अहिलेको अवस्थामा रास्वपा दुई सांसद मात्रै भएपनि सत्ता नढल्ने अवस्थाले पार्टिमा देखिएको अन्तरविरोधमा उनीहरुले खेल्ने त हैनन् भन्ने पिर रविमा छ।
अर्थात कांग्रेस एमालेको विवाद समेत आफूले मिलाएको भन्दै फूर्ती हाल्ने प्रचण्डले आफ्ना सांसदको माईक्रो म्यानेजमेट गरिरहेको दृश्यलाई उनले स्वभाविक मान्न सकिरहेका छैनन् ।
अर्कातर्फ आफूविरुद्ध परेको रिटमा आगामी १६ गते सर्वोच्च अदालतले दिने आदेशसंग समेत सत्ताको आयू जोडिदा उनी १५ को समिक्षा वैठक १९ गते सारेर नेता देखि सहयात्रीलाई विश्वास दिलाउने दौडधुपमा छन्।
यता धेरै गम्भिर र सुक्ष्म रुपमा छलफल गर्नुपर्ने विषय मिडियाबाजी गरेपछि त्यसले पार्टिमा पार्ने खतराको अर्को चिन्तामा रवि छन् । त्यस्तै सुध्रिने आफू भएपनि ओली प्रचण्डले विगारे भन्नु नै गलत भएको भन्दै सहमहामन्त्रीहरुले उचालिरहेका छन्।
जुन महामन्त्री कारबाहीको संकेत देखिएपछि रविको गुलामी गरेर त्यो पदमा जाने भिडन्तकै रुपमा अघि आएको छ। जसलाई पार्टिका प्रत्यक्ष निर्वाचित सांसदहरु वोल्न नसक्ने अवस्थामा रहँदा मुकुल हट्नुपर्ने भन्दै पदाधिकारीले चलाएको बहसले समेत बल पुुर्याएको छ।
व्यक्तिगत रुपमै भिडन्तमा उत्रिएका उनीहरु चरित्रमै प्रश्न उठाउन थालेका छन् भने तेश्रो पक्ष मुकुल र रवि दुवैलाई खुल्याएर स्थापित हुने रणनितिमा देखिन्छन्।
फलत बालेनसंग मिल्न नदिने नै मुकुल भएको देखि उनकै गर्लफे्रन्डलाई सांसद बनाएको आक्षेप उनीमाथि छ। त्यस्तै दुईमध्ये एक राजदूत आफ्नो भाग नपाएर रिसाएको आरोप छ भने ईलामको उपनिर्वाचनमा उनी कहाँ थिए भन्ने प्रश्न समेत बलियो बन्दै गएको छ।
हुन त रवि मुकुललाई कारबाही गरेर कमजोर भएकै वेला प्रतिवेदनमाथि छलफल गर्ने बाटोमा छन्। जसले सत्ता पनि छोड्न नपर्ने प्रतिवेदनपनि कार्यान्वयन भएको देखिने र मुकुल पनि साईजमा आउने तीनओटा फाईदा हुने छ।
जसले सार्वजनिक प्रतिवेदनमा केहि शब्द परिवर्तन गर्न सकिने अवस्था छ। जहाँ तयारीका साथ मिडियामा आउने देखि दबाब दिएर प्रतिवेदन लिन बाध्य पारेका मुकुल पनि त्यति सजिलै पछि हट्ने अवस्थामा भने छैनन्।
जसको फाईदा उठाउँदै रास्वपाबाट सुवर्ण अवसर पाएका स्वर्णिम वाग्ले मध्यमार्गी बाटो निकाल्न लागि परेका थिए। तर त्यसले निष्कर्ष दिन भन्दा उल्टै विवाद चर्किदा दोहोरो सकस व्यवस्थापन रविका लागि कम चुनौतीपूर्ण छैन।