कांग्रेस र रास्वपाले भनेको समाजवादले जनता खुसी हुँदैन: महासचिव विप्लव

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले कांग्रेस र रास्वपाले भन्दै आएको समाजवादले जनता खुसी हुन नसक्ने बताएका छन्।
आइतबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको १०औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै विप्लवले कांग्रेस र रास्वपाले भन्दै आएको भन्दा अग्रगमन दिनसक्ने समाजवादमा बहस गर्नुपर्ने समेत बताए।
समाजवादी गणतन्त्र, समाजवादी संघीयतामा नेपालका सबै पुराना पार्टीका नेताहरुले छलफल गर्नुपर्ने उनले बताए । उनले आफुहरुको ध्यान नेपालको कम्युनिष्ट आन्दोलनलाई २००६ सालमा फकाएर नयाँ एकताको सुरुवात गर्नुपर्नेमा रहेको उल्लेख गरे।
विप्लवले देशको स्वाधिनताको रक्षा गर्नका लागि युवाहरुले योगदान दिँदै सबै दलहरुले पनि स्पष्ट दृष्टि तय गर्नुपर्ने धारणा राखे। उनले यथास्थितिले नेतृत्व गर्न नसके त्यसलाई जनताले फ्याँक्ने अवस्था आउने बताए।