राजीनामा बुझाउँदै एमालेका मन्त्रीहरु
काठमाडौं । नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएसँगै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन्। मंगलबार मध्यराति वर्तमान गठबन्धन तोडेर एमालेले नेपाली कांग्रेससँग सत्ता समीकरण बनाउने रहमति गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘नेतृत्व’को सरकारमा रहेका एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिन लागेका हुन्।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठन प्रक्रियाका लागि आजै आफ्ना पार्टीका मन्त्रीहरूले राजीनामा दिने पुष्टि गरे।
काँग्रेस–माओवादी गठबन्धन भत्किएसँगै गत २१ फागुनमा एमाले उपमहासचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी भएको थियो। उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री महासेठ नेतृत्वमा एमालेबाट वर्तमान सरकारमा ८ मन्त्री छन्।