कांग्रेस–एमाले गठबन्धनलाई समर्थन छ: अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा सहभागी हुने वा नहुने भन्दा पनि नयाँ समीकरणलाई समर्थन रहेको बताएका हुन्।
माओवादी–एमाले गठबन्धनको पालामा जसपा नेपाल विभाजन भएको थियो।
माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जसपा नेपाल आफूले फुटाएको भनी अभिव्यक्ति दिएका थिए । जसपा नेपालका अध्यक्ष यादवले पनि आफ्नो पार्टी सत्ता गठबन्धनले विभाजन गरेको आरोप लगाएका थिए।