बढ्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ। महासंघले आज मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा १०० रुपैयाँले बढेको जानकारी दिएको हो।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० कायम छ। हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ थियो।

यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। हिजो सोमबार चाँदीको मूल्य तोलामा १७ सय ९० रुपैयाँ थियो। आज चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ कायम छ।