बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं। आज बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा ४०० रुपैयाँले मूल्य बढेर कारोबार सुरु भएको जानकारी दिएको हो ।
हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम थियो। आज ४०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो।
यसबाहेक आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ थियो। यो तोलामा २० रुपैयाँको वृद्धि हो।