एमालेका मन्त्रीहरूले दिए राजीनामा

काठमाडौं। नेकपा (एमाले)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन्।

यसअघि मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो। तर, पार्टीले दिएको समयभित्र प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट बोलाएको हो।

प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मतको सामना गर्ने बताएका छन्।