आज मिति २०८१ साल असार २० गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी,तपाईको भाग्य कस्तो छ हेर्नुहोस् राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। प्राय सबै कामहरू बन्नेछन्। काममा साथ सहयोग पनि पाइनेछ। आर्थिक लाभ हुने दिन छ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा विचार पुर्याउनु होला। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। वैदेशिक कार्यमा असफलभई दुख पाउने योग छ। भाग्यले साथ दिनेछैन। धनको नाश पनि होला।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- तपाइको बुद्धिको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ, आज कसैबाट समर्थन एवम् धन पाइने दिन छ। व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। अन्नको पनि लाभ मिल्न सक्छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- धनको लाभ अर्थात रुपैया पैैसा कमाइने दिन छ। पुराना साथीसँगको भेटघाटले मन रमाउने छ। आज तपाइलाई अनौठो तरिकाबाट धन लाभ हुन सक्छ। परिवारबाट सुखको अनुभुति पनि मिल्ला। धन कमाउने बाटाहरुको थालनी हुने दिन छ। सोचेका काममा सफलता पनि
मिल्नेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- अनौठो तरिकाबाट रुपैँया पैसा कमाइने छ। आज रमाइलो यात्राको योग पनि रहेको छ। हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ। रमणीय र सुखद यात्राको योग छ। आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशिको माहोल छाउनेछ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज तपाइलाई सामान्य रोगले सताउला, सावधान रहनु होला। साथै, भौतिक सर सामानको पनि क्षति हुने दिन छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। भौतिक साधनको पनि क्षति हुने दिन छ, होस पुर्याउनु होला। दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ, शरिरमा रोगले पनि सताउने दिन छ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- बन्देैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ। आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ। नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ। सोचे अनुसार काम सम्पन्न भने हुँदैन।मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ। ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ। आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ। बन्द व्यापारबाट लाभ मिल्नेछ। स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने दिन छ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- काम गर्न जागर आउनाले धनको लाभ होला। सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ। नयाँ काम सम्बन्धि योजना बनाउँदा फाइदा हुन सक्छ। साथै, ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ। आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ। आफन्तले पनि काममा साथ दिने छन्।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ। स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ। चोट पटकको भय पनि छ। हात हतियारबाट जोगिएर काम गर्नुहोला, छर छिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा –धन मान पाउने योग छ। नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ। जागिरमा केही अल्छीपन छाउनेछ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- परिवारजनको साथले नयाँ आशा पलाउने छ। दाम्पत्य जीवन सुखमा रमाउने समय छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। कृषि कार्यबाट पनि फाइदा लिन सकिन्छ। पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ, पढाइमा भने मन नजाला।