गृहमन्त्रीविरुद्धको रिटमा आज जवाफी बहस हुने
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको आज पनि सुनुवाइ हुने भएको छ। अधिवक्ता अनुपम भट्टराईले लामिछानेको पद निलम्बन गर्न माग गर्दै दायर रिटमा मङ्गलवार बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
मङ्गलवार दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेका थिए । आज रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। देशका विभिन्न सहकारीको रकम अपचलन गरेको विषयमा छानविन गर्ने निकायमा गृहमन्त्री लामिछानेले नेतृत्व गर्न नमिल्ने दाबी गरिएको छ।
त्यस्तै महान्यायाधिवक्ताको कार्यालयले लामिछाने कुनै पनि सहकारी ठगी प्रकरणमा उनी संलग्न नभेटिएको भन्दै क्लिन चिट दिएको थियो। रिटमा महान्यायाधिवक्ताको कार्यालयसमेतलाई विपक्षी बनाइएको छ।