रास्वपाका चारै मन्त्रीले आज राजीनामा दिँदै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चार मन्त्रीले आज राजीनामा दिने तयारी गरेका छन्। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उनीहरुले समूहिक राजीनामा बुझाउने तयारी गरेका हुन्।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बिहान ८ बजे प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिने तयारी भएको जानकारी दिए ।त्यसअघि बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैै मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका थिए।
सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्। यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।
एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको
छ। प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन्।