प्रचण्डले संसदको सामना गर्ने आँट राख्नुपर्छ: अध्यक्ष नेपाल

फाइल तस्वीर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन्।

शुक्रबार महाधिवेशनस्थल प्रज्ञा भवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफु वर्तमान सरकारको पक्षमा रहेको भन्दै
प्रधानमन्त्री ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिन आँट गर्नुपर्ने बताएका हुन्।

सबै राजनीतिक दलहरूले संसदलाई बलियो बनाउन र अहिलेको परिपाटीलाई बचाउन, जोगाउन मिलेर अघि बढ्नुपर्ने भन्दै उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए।

‘हाम्रो समर्थन अहिलेको यो सरकारलाई कायम छ। यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ,उनले भने।