कृषि उत्पादनमा आत्मनिर्भरताविना देश आत्मनिर्भर बन्न सक्दैन: रणविर
धिरज प्रपाला
धनगढी । नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज रणवीरले कृषि उत्पादनको आत्मनिर्भरता बिना देश आत्मनिर्भर बन्न नसक्ने बताएका छन्। शुक्रबार नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश कृषि उत्पादन विभागकोद्वारा सञ्चालित धान रोपाईको उद्घाटन गर्दै नेता रणविरले यस्तो बताएका हुन।
नेता, कार्यकर्ता, पार्टी र देशलाई आत्मनिर्भर बनाउन उत्पादन कार्यमा जोडीन जरुरी भएको बताउदै उनले दलाली र भ्रष्टाचारको अन्त्य गर्न पनि उत्पादन बढाउन आवश्यक भएको बताए।
धान रोपाईको उद्घाटन गर्दै ईन्चार्ज रणविरले समाजबाद प्राप्तिका लागि उत्पादन मुख्य आधार भएको बताउदै पार्टीको नवौ अधिबेशनबाट पारित निति अनुरुप नेता कार्यकर्ता र जनता श्रमसँग जोडिदै आएको बताए। उनले देशभर २ सय २० विगाहामा धान रोपाई भईरहेको बताउदै सुदूरपश्चिम प्रदेशको कृषि उत्पादन विभागको आयोजनामा रोपाई भईरहेको बताए।
उनले गत बर्ष १ सय १० विगाहमा धान रोपेको बताउदै यस बर्ष दोब्बरले बढाएर २ सय २० विगाहमा धान रोपाई भईरहेको बताए। आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देशको नारा लिएर उत्पादन कार्यमा लाग्दै आएको बताउदै उनले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा यसले सकारात्मक सन्देश दिएको बताए।
अन्य राजनितिक दलहरु भन्दा नेकपाले पृथक रुपमा राजनीति गर्दै आएको बताउदै उनले हिमालमा स्याउ, डोटीमा सुन्तला र पूर्बमा चिया खेती लगायत देशभर कृषी उतपादन गर्दै आएको जानकारी गराए ।
आर्थिक आत्मनिर्भरताको आधार कृषि उत्पादन भएको बताउदै नेता रणविरले पार्टीको नितिले अन्य बसेर खाने र गफ चुटेर बस्नेहरुलाई पनि श्रमसंग जोड्न बाध्य बनाएको बताए।
चन्दा उठाएर खाने, काम गर्न डराउने जस्ता आरोप लगाउनेहरुका लागि आत्मनिर्भर पार्टी र आत्मनिर्भर कार्यकर्ताको नितिले गतीलो झापड दिएको बताउदै उनले अन्य पार्टीहरुले पनि नेकपाको उत्पादनको सिको गर्दै श्रम र उत्पादनको सम्बन्ध जोडन खोजेको बताए। उनले श्रम र उत्पादनको नीतिले पार्टी देशमा उदारणीय बनेको बताउदै पार्टीले यसलाई बैज्ञानीक समाजबादको भ्रुणका रुपमा लिएको बताए।
आत्मनिर्भर उत्पादनमा नलागि देश आत्मनिर्भर बन्न सक्दैन भन्ने उदेश्यकासाथ दलाली र भ्रष्टाचारको अन्त्य गर्न पार्टी उत्पादनमा जुटेको नेता रणविरले बताए । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका पोलीट ब्युरो सदस्य विकल्पले पार्टीले लिएको उत्पादनको नीतिले देश- विदेशमा सकारात्मक सन्देश दिएको बताए ।
उनले देशमा उत्पादन बढाएर पार्टीलाई आत्मनिर्भर बनाउने र देशलाई सम्बृद्ध बनाउने उदेश्यकासाथ उत्पादनको क्षेत्र पार्टीले बढाउदै गएको बताए । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश उत्पादन विभाग प्रमुख भगतसिंह सीले सुदूरपश्चिम प्रदेशको उत्पादन विभागद्वारा ४ विगाहमा धान रोपाई सुरु गरिएको बताए।
उनले घोडाघोडी नगरपालीका वडा नम्बर ९ रतीपुरमा ४ विगाहमा कैलाली पार्टीको सहयोग र सुदूरपश्चिम प्रदेशको आयोजनामा रोपाई भईरहेको जानकारी दिए।
त्यसैगरी नेकपाका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सीले वर्तमान दलाल संसदीय व्यवस्था आयातमुखि भएको बताउदै रेमिट्यान्सको भर पर्ने, सबै कुरामा परनिर्भर मात्र भएकाले नेता कार्यकर्ता उत्पादनसंग जोडने नेकपाको नीति प्रभावकारी बन्दै गएको बताए ।
उनले अहिलेको सत्ता र व्यवस्था परिवर्तन गर्न आत्मनिर्भर अर्थप्रणाली अनिवार्य भएको बताउदै त्यसैको अभ्यासमा पार्टीका नेता कार्यकताहरु लागि रहेको उल्लेख गर्दै युवाहरुलाई देशमै श्रमसंग जोडेर समृद्धि ल्याउन सकिने सन्देश दिन उत्पादन कार्य उदाहरणीय बन्दै गएको र उत्पादनलाई प्रभावकारी बनाउदै लेजानु पर्ने बताए ।
रोपाईमा केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सचिव समर सी,केन्द्रिय सदस्यहरु कमल सी,विमल सी,देव सी,लगायत सम्पूर्ण नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो। रोपाई सुरु भए पछि पार्टीका नेता कार्यकर्ताहरु धान रोप्न ब्यस्त भएका छन ।
पार्टीले नवौँ महाधिवेशनबाट आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ताको नीती लिएपछि असार महिनामा नेकपाका नेता कार्यकर्ताहरु देशैभर धान रोप्न ब्यस्त भएका हुन।
नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले कैलाली जिल्लाको घोडाघोडी नगरपालीका वडा नम्बर ९ रतीपुरमा शान्ति निम्न माध्यामीक विद्यालयको चार बिघा जमिन भाडामा लिएर उत्पादन कार्य गर्दै आएकोमा यतीखेर रोपाई भईरहेको छ।