प्रधानमन्त्री प्रचण्ड र शेखर कोइरालाबिच भेट
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबिच भेटवार्ता भएको छ। शनिबार प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा दुई नेताबिच भेटवार्ता भएको हो।
कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार प्रधानमन्त्री दाहालले कोइरालालाई फोन गरेर भेट्न बोलाएका थिए।प्रधानमन्त्रीले नै फोन गरेर बोलाउनुभएपछि उहाँ बिहान एक्लै जानुभएको हो,थपलियाले भने,करिब १५ मिनेट भेटवार्ता भएको हो।