आरजुलाई जोगाउन आफ्नो सिद्धान्त नै कुचेर एमालेसँग सहमति गर्दै काँग्रेस

उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्ला पर्दछन् । तर, यहाँ देशभरका अन्य ७४ जिल्लाका मानिसहरु पनि बसोबास गर्छन् । कोहीले जग्गा किनेर घर नै बनाएका छन् त कोही कोठा, फ्ल्याट भाडामा लिएर बस्दै आएका छन् । चैत, वैशाखमा यहाँ गर्मी र प्रदूषणले उपत्यकामा बस्दै सकिँदैन।

झन् असार, साउनमा त यहाँ डुबान हुन्छ । खोलाको बाँयादाँयाको जग्गामा अतिक्रमण गरेर घर, टहरा बनाइएको छ । सुकुम्बासीको नाममा त्यस्तो सरकारी जग्गा कब्जा गरिएको छ । आकाशबाट परेको पानी जाने ठाउँ छैन । किनकि जताततै घर बनेको छ । सडक पनि पिच गरिएको छ ।

उपत्यकामा अहिले पनि बर्खाको समयमा धारामा पानी आउँदैन । हिउँदमा त पानी देख्नै मुस्किल पर्छ । यहाँ भएका ताल, पोखरी, ढुंगे धारा सबै अतिक्रमण गरेर घर बनाइसकेको छ । जग्गा दलाली, भूमाफियाहरुले यहाँका खेतीयोग्य जमिन सबै प्लाटिङ गरेर सिध्याँए । एक रोपनी जग्गामा १६ आना हुन्छ ।

तर, दलालीहरुले किसानसँग रोपनीको लाखमा किनेर खण्डीकरण गरी आनाकै ६०–७० लाखमा बेचिदिए । बाहिरी जिल्लाका मानिसहरुले यहाँ आएर जग्गा किनेर घर बनाए । आफ्नो जन्मथलोको सम्पत्ति बेचेर, विदेश गएर कमाएको वा जागिर, व्यापार व्यवसाय गरेर कमाएको पैसा यहीँ उपत्यकामै लगानी गरे ।

फेरि सबैले घरजग्गामै लगानी गरे । उनीहरुको सोच थियो कि घर बनाएपछि महंगोमा भाडामा लगाएर आम्दानी गरिन्छ । एउटै कोठाको पाँच हजारदेखि बीस हजार, एक फ्ल्याटको ३० हजारदेखि दुई लाख र एउटा सटरको ५० हजारदेखि १८ लाखसम्म असुल्ने उनीहरुको सोच थियो ।

यता, खाली सटरको त २० लाखदेखि ५० लाख आउँछ भनेर मख्ख नै परे । अहिले उपत्यकाभित्रका खोला सबै अतिक्रमण गरिएको छ । जथाभावी बस्ती निर्माण भएको छ । यसले गर्दा मानिसको ज्यानै समेत जोखिममा परेको छ । २०७९ मंसिर १२ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको महानगरीय प्रहरी टोली थापाथलीस्थित बागमती किनारामा रहेको सुकुम्बासी हटाउन पुगेको थियो ।

तर, सुकुम्बासीका नाममा त्यहाँ वर्षौदेखि सरकारी जग्गा कब्जा गरेर बसेकाहरु लडाइँमै उत्र्रिए । महानगर प्रहरीमाथि ढुगामुंढा गरे । कयौं प्रहरी त घाइते समेत भए। त्यसपछि टोली सुकुम्बासी नहटाई फर्किएको थियो । त्यसको केही दिनपछि गैरीगाउँमा रहेको सुकुम्बासी बस्ती हटाउन पनि महानगरको टोली पुगेको थियो । यद्यपि, पहिल्यै सुराकी पाएका उनीहरु सम्पूर्ण तयारीका साथ बसेका थिए । यो पटक पनि महानगर टोली यसै फर्कियो ।

यो सबैमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको ठुलो हात समेत छ । किनकि उनले नै सुकुम्बासी बस्तीलाई उचालेका थिए । उनले महानगर टोली आएमा खुकुरी लिएर बस्न वा लडाईँमा उत्र्रिन आदेश दिएका थिए । केही दिनअघि न्युरोडमा महानगरले पार्किङ्ग हटाएर फुटपाथ बनाउन थालेको थियो ।

त्यसमा पनि ओलीले आफ्नो कार्यकर्ता वा वडाध्यक्षलाई उचालेर फुटपाथ बनाउन दिएनन् । जग्गा प्लाटिङ्ग गर्ने सबै रााजनीतिक दलकै कार्यकर्ता हुन् । बैंकले सय रुपैयाँ किस्तामा निष्काशन गरेको सेयर चार हजार कित्ता पुर्याउने पनि दलकै कार्यकर्ता हुन् । उता, भारतमा एक लाखमा पाइने सवारीसाधन यहाँ ल्याएर ३५ लाखमा बेच्ने पनि यीनीहरु नै हुन् ।

अनि लघुवित्त, सहकारी, फाइनान्स, बैंक, मिन पावर, एनजीओ, निजी विद्यालय तथा अस्पताल खोल्ने पनि राजनीतिक दलकै नेता तथा कार्यकर्ता हुन् । साथै, सरकारी, सार्वजनिक जग्गा वा सम्पत्ति कब्जा, दोहन गर्ने पनि यीनीहरु नै हुन् । अहिले उपत्यका अस्तव्यस्त बनेको छ ।

सडककै बाँयादाँया पेट्रोल पम्प सञ्चालन भएका छन् । कबाडी, पार्टी प्यालेन्स, ड्राइभिङ सेन्टर, भाटभटेनी, सुपरमार्केट, वर्कशपहरु सबै सडककै छेउछाउमा सञ्चालन भएका छन् । ओली न आफु काम गर्छन् न अरुलाई नै गर्न दिन्छन् । भनिन्छ नि बाँदरले न आफ्नो घर बनाउँछ न अरुलाई नै बनाउन दिन्छ ।

अझै पनि आफु प्रधानमन्त्री बन्न पाउँछु भनेर ओली काँग्रेसलाई फकाईरहेका छन् । अहिले काँग्रेसमा राम्रो नेता भनेर चन्द्र भण्डारीलाई मात्र जनता चिन्छन् । यता, गगन थापा, प्रदीप पौडेल र डा.शेखर कोइरालाले त ओलीलाई प्रधानमन्त्री बनाउन आफुहरु तयार रहेको बताइसकेका छन् ।

शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नी पत्नी आरजु राणा जेल जाने भएपछि काँग्रेसको सिद्धान्त, विचार र जनताले दिएको जिम्मेवारी ओलीलाई दिएर बुझाए।

अहिलेसम्म काँग्रेसका कुनै पनि सांसदले ओलीलाई प्रधानमन्त्री दिनुहुन्न, हामीलाई जनताले पहिलो पार्टी बनाएको हो र हाम्रै नेतृत्वमा सरकार गठन हुनुपर्छ भनेर बोलेका छैनन् । चन्द्र भण्डारीले समेत यसबारे केही बोलेका छैनन् । यदि अहिले काँग्रेसले ओलीलाई प्रधानमन्त्री बनाएमा आगामी निर्वाचनमा काँग्रेस पतानसाप हुनेछ ।

देउवाले आफ्नी पत्नीलाई बचाउन खोज्दा समग्र काँग्रेस नै सकिने देखिएको छ । काँग्रेसका लाखौं कार्यकर्ता अहिले निराश छन् । जनताले पनि काँग्रेसलाई अब भोट दिनुहुन्न भनेर भन्न थालिसकेका छन् । रवि लामिछानेले गृहमन्त्री हुनासाथ भ्रष्टाचारका फाइल खोल्नुपथ्र्यो । आरजुलाई समात्नु पथ्र्यो।

तर, उनले बोले मात्रै, केही गरेनन् । ओलीको निर्देशन मान्दा आज रवि र उनको पार्टी नै सकिने अवस्थामा पुगेको छ । अहिले सर्वसाधारण भन्छन्, ‘आरजुको नक्कली भुटानी शरणार्थी र ओलीको गिरिबन्धु टु स्टेटको काण्ड लुकाउन एमाले–काँग्रेसबीच मिलेर सरकार गठन गर्ने सहमति भएको हो ।

काँग्रेसका सांसदहरुसँग अझै पनि मौका छ, जनताको जिम्मेवारी पूरा गर्ने । ओलीलाई प्रधानमन्त्री दिनुहुन्न भनेर काँग्रेसका सांसद, नेता तथा कार्यकर्ताहरुले ओली र देउवाबीचको सहमति तोडाउनुपर्छ । यसो नगरे आगामी निर्वाचन काँग्रेस शून्य हुनेछ । अहिले पनि देशभरका जनताको मुखमा बालेनकै नाम छ ।

सानो होस् या ठुलो जोकोहीको मुखमा बालेनकै नाम छ । बालेनले काम गरे त सबैको मुखमा उनको नाम छ । तर, उनले पनि काम गर्न नसकेको भए आज उनलाई कसैले चिन्दैन्थ्यो । त्यसैले, अब काँग्रेसले पनि काम गर्न नसक्ने ओलीलाई प्रधानमन्त्री बनाउनुहुन्न । किनकि विगतमै सर्वसाधारणले ओली प्रधानमन्त्री हुँदा गरेको काम राम्ररी देखेका छन् ।

काँग्रेसको इतिहास छुट्टै छ । गिरिजाप्रसाद कोइरालाले माओवादीलाई जनयुद्धबाट शान्ति वार्तामा ल्याए । मुलुकमा हत्या, हिंसा रोके । त्यस्तै, सुशिल कोइरालाले संविधान निर्माण गरे । देश र जनताको हितमा पहिलो पटक संविधान ल्याउ । तर, अहिले देउवाले आफ्नी पत्नी पक्राउ पर्ने भएपछि काँग्रेसको सिद्धान्त, विचार सबै ओलीलाई जिम्मा लगाएका छन् ।

अब काँग्रेसमा कोही असल नेता छन् भने यसको विरोध गर्नुपर्छ । ओली–देउवाको सहमति तोडाउनुपर्छ । जनताले घाम, पानी नभनी घण्टौंको लामो बाटो हिँडेर मतदान काँग्रेसलाई ८९ सिट जिताए । विडम्बना, जनताको त्यागलाई नदेखेर नेतृत्व आफ्नो स्वार्थमा रमाएपछिआज जनता काँग्रेसबाट निराश भएका छन् ।

काँग्रेसमा देशर जनताको लागि काम गर्न सक्ने कोही पनि रहेनछ भनेर जनताले बुझिसकेका छन् । अहिले आरजु जोगाउन भएको सहमतिको क्षति ०८४ सालको निर्वाचनमा एमाले र काँग्रेसले नै भोग्नुपर्छ । ०७९ वैशाख ३० गते देशभर स्थानीय चुनाव भएको थियो ।

काठमाडौं महानगरपालिकाको मेयरमा ५० औं वर्षदेखि कि काँग्रेस कि एमालेले जित्दै आएको थियो । राजनीतिक दलबाट चुनाव जितेका मेयरले सिन्को नभाँच्ने, उल्टै सरकारबाट हानिनोक्सानी हुने निर्णय गर्ने गरेका थिए । काठमाडौंमा पढेलेखका जनता छन् । यहाँका जनता पैसामा बिक्दैनन् ।

त्यसैले, उनीहरुले राजनीतिक दलका उम्मेदवारलाई हराएर बालेनलाई जिताए । अहिले बालेनको कामले काठमाडौंका जनताको शिर ठाडो भएको छ । देश, विदेशमा बालेनकै चर्चा छ । यो चर्चा बालेनको मात्र होइन, उनलाई मतदान गर्ने जनताको पनि हो । अहिले जनतालाई राजनीतिक दलबाट घृणा लाग्न थालेको छ ।

किनकि राजनीतिक दलहरु अपराधीलाई लुकाउने राजनीति गरिरहेका छन् । यतिबेला काँग्रेस आरजुलाई जोगाउन लागेको छ । तर, काँग्रेसले आरजु जोगाउने होइन देश र जनताको हितका लागि निर्णय गर्ने हो । अझै पनि केही बिग्रिएको छैन । काँग्रेसका नेता, कार्यकर्ताहरु आरजुलाई जोगाउन पार्टीको सिद्धान्त नै कुचेर ओलीसँग सहमति गर्नुहुन्न भनेर आवाज उठाउनुपर्छ ।

अहिले गृहमन्त्री रवि लामिछाने भन्छन्, ‘मैलें भ्रष्टाचार फाइल खोलेर एमाले–काँग्रेस मिलेका हुन्।लामिछाने देशको गृहमन्त्री हुन्। उनले भनेको कुरा ख्याल ठट्टामा लिन सकिँदैन त्यसैले, अब समयमै काँग्रेसले उचित निर्णय नलिए भोलि काँग्रेस र एमालेलाई नै यसले ठुलो नोक्सानी पुर्याउनेछ।