आज मिति २०८१ साल असार २४ गते सोमबार पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- मनोरञ्जन पूर्ण रहने दिन छ। कामबाट सजिलै फुर्सद पाइनेछ। मनमा प्रसन्नता मिल्ने दिन छ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- काममा मन प्रशस्त मात्रामा जानेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। अप्रत्याशित लाभ हुनेछ। नयाँ कामका स्रोत फेला पर्लान।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- पिडा दिनेहरु सक्रिय हुनेछन्, सावधान रहनु होला। स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। धन नाश हुने योग छ। अनावश्यक झमेलामा परिएला। खानामा सावधान रहनु होला।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- अन्नको काममा लाभ हुने दिन छ। साथै कसैबाट समर्थन पाउने दिन छ। रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आर्थिक क्षेत्रमा उन्नती हुनेछ। नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुनेछ। आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- पैसा कमाउने योग छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। साथी घर परिवारबाट सुख शान्ती पाइने छ। साथै, धनमाल कमाउने दिन छ ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- व्यर्थको खर्चले मन पिरोल्ला। सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला। मनमा चिन्ता बढ्ने योग छ। साथै, धनमाल हराउन सक्छ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- प्रिय जनसँगको भेटले मन प्रफुल्ल रहला। भाग्यले साथ दिनेछैन। खर्च बढ्नुका साथै लेन देनमा विवाद बढ्नेछ, संयम भएर काम गर्नुहोला।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- बचत हुने प्रवल सम्भावना छ। नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ। व्यापारमा सफलता पाउनुहोला, यात्रा गर्ने अवसर पनि मिल्नेछ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। अधुरा काम बन्ने योग छ। नोकरी तथा राजनितीमा सफल भइएला।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ। वादविवादको सामना गर्नुपर्नेछ। आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्। परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- मान सम्मान मिलेपनि मनमा डर रहने छ। स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ। व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ।