जनताको त्यागलाई किचोलिएर काँग्रेस–एमाले गठबन्धन,आगामी निर्वाचनमा के होला यिनको हालत ?
रुषा थापा
नेपाली काँग्रेसले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी काँग्रेस नेतृ आरजु राणा देउवाले ओलीलाई प्रधानमन्त्री बनाउन लागेका हुन् । योसँगै काँग्रेसलाई भोट दिएका जनता र कार्यकर्ता निराश भएका छन्।
जनताले मतदान गरेर काँग्रेसलाई पहिलो पार्टी बनाएको हो। अर्कोतर्फ, देश र जनताको हितका लागि काम गछौं भनेर चुनाव जिति आएको पार्टी पनि।संविधानअनुसार काँग्रेस पहिलो पार्टी भएकोले उसको नेतृत्वमा सरकार गठन गर्नुपर्छ । तर, काँग्रेसले यसो नगरि ओलीलाई प्रधानमन्त्री बनाउन लागेको छ।
ओली प्रधानमन्त्री बनेपछि आफ्ना पार्टीका नेताहरुलाई मन्त्री बनाएर सरकारमा सहभागी हुने काँग्रेसको योजना छ । २०७२ असोज ३ गते संविधान निर्माण हुँदा सुशिल कोइराला प्रधानमन्त्री थिए। उनले छिमेकी देश भारतले नाकाबन्दी गर्दागर्दै पनि कसैको दबाबमा नपरी देश र जनताका लागि संविधान बनाए र ल्याए पनि ।
यता, सुशिल कोइरालाले संविधान बनाएर घोषणा गरेसँगै ओलीले उनलाई हटाएर आफु प्रधानमन्त्री बने । कोइरालाले संविधान बनाएपछि आफु प्रधानमन्त्री नबन्ने बताएका थिए। आफ्नो नेतृत्वमा संविधान बनेकोले उनी राजनीतिबाट सन्यास नै लिन चाहन्थे । यद्यपि, त्यतिबेला उनी नै काँग्रेसको सभापति वा संसदीय दलको नेता थिए ।
त्यसपछि देउवाले उनलाई जबरजस्ती प्रधानमन्त्रीको उम्मेदवारी दिन लगाए । ओली र कोइरालाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएका थिए । ओलीले बहुमत ल्याउँदा कोइराला हारे। अनि ०७२ माघ २४ गते कोइरालाको मृत्यु भयो । संविधान निर्माणको केही महिनामै उनले संसार त्यागे । काँग्रेस पार्टी बनाउन थुप्रै जनता र नेताको योगदान छ।
काँग्रेस यत्तिकै बनेको होइन। काँग्रेसको छुट्टै इतिहास र पहिचान छ। बिडम्वना, हिजो जनताको रगत, पसिनामा तयार गरिएको काँग्रेस आज शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले केपी ओलीलाई बुझाएका छन्। ओलीको शरणमा काँग्रेस राखिदिइएको छ। जनताले काँग्रेसलाई विभिन्न समयमा भएको निर्वाचनमा बहुमत दिए।
काँग्रेसमा लागेर कतिपयले आफ्नो घरखेत नै सिध्याँए । कयौं जनता र कार्यकर्ता शहिद भए । कतिपय नेताहरुले वर्षौ जेल जीवन बिताए । अहिले आरजु नक्कली भुटार्नी शरणार्थी प्रकरणमा मुछिएकी छन्।
उनी यो केसमा पक्राउ पर्ने देखिएपछि देउवाले पार्टीको सिद्धान्त, इतिहास, जनता र नेताहरुको त्याग बिर्सिएर एमालेसँग हातेमालो गरेका हुन् । ०७२ सालमा संविधान घोषणा गर्ने समयमा सभामुखमा एमालेका नेता स्वर्गीय सुवास नेम्वाङ थिए ।
संविधानमा स्पष्ट लेखिएको छ कि प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा वा विश्वास गुमाएमा प्रतिनिधिसभाको ठुलो दलको नेतृत्वमा सरकार गठन गर्नुपर्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिन सदनमा प्रस्ताव दर्ता गराइसकेका छन् ।
तर, एमाले र काँग्रेसका सांसदहरु अहिले पनि प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन् । संविधानमा प्रधानमन्त्रीले विश्वासको मत लिन पाउने अधिकार स्पष्ट रुपमा लेखिएको छ। अझ संवैधानिक व्यवस्थाअनुसार त कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा त्यसको ३० दिनसम्म प्रधानमन्त्रीले विश्वासको मत लिन पाइने प्रावधान छ।
त्यसो त प्रधानमन्त्रीले साउन १८ गतेसम्म विश्वासको मत लिन पाउँछन् । यद्यपि, उनले यही असार २८ गते नै विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले चाहेको भए उनले विश्वासको मत ढिलो लिएर अझै केही गर्न सक्थे । तर, उनी यस्तो योजनामा छैनन् ।
प्रधानमन्त्रीले विश्वासको मत छिट्टै लिन खोज्दा समेत काँग्रेस र एमालेका सांसदहरु अझै उनको राजीनामा मागिरहेका छन् । के काँग्रेस र एमालेले संविधानलाई लत्याउन खोजेका हुन् ? कि संविधानमाथि यीनीहरु हुन् ? भनिन्छ कि सर्पलाई बिख र मान्छेलाई इख चाहिन्छ । ०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।
०७४ मंसिर १० र २१ गते पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयो । देउवाकै नेतृत्वमा चुनाव भएको थियो । त्यतिखेर माओवादी र एमाले गठबन्धन गरी चुनावमा सामेल भयो । र, बहुमत पनि ल्यायो । ०७४ पुसमा देउवानेतृत्वको मन्त्रिपरिषद् बैठकले एउटा निर्णय गरेको थियो ।
ज्येष्ठ नागरिकहरुले ७० वर्ष पुरा भएपछि ७१ वर्षको उमेरमा भत्ता पाउनेमा ६८ वर्षमै भत्ता दिने निर्णय गरिएको थियो । त्यस्तै, मृगौला फेल भएका, मेरुदण्ड भाँचिएका र मानसिक समस्या भएकालाई मासिक रुपमा पाँच हजार रुपैयाँ दिने निर्णय देउवानेतृत्वको सरकारले गरेको थियो । यता, एकल महिला, अपांगको भत्ता बढाउने पनि भनिएको थियो ।
यो निर्णयले आम सर्वसाधारण हर्षित भएका थिए । ०७४ फागुल्न ३ गते केपी ओली प्रधानमन्त्री भएर आए । यस निर्णयले अर्को निर्वाचनमा काँँग्रेस ठुलो पार्टी हुन्छ र आफुहरु हारिन्छ भनेर ओलीले देउवा नेतृत्वको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय खारेज गरिदिए । एमालेले सर्वसाधारणलाई कतिसम्म भ्रममा पार्यो भनेर भन्नुपर्दा उसले ज्येष्ठ नागरिक भत्ता समेत आफ्नो पार्टीले दिएको दाबी गर्यो।
ज्येष्ठ नागरिकलाई भत्ता दिने निर्णय एमालेले गरेपनि जनताले तिरेको करबाट भत्ता दिइएको हो। तर, एमालेले ज्येष्ठ नागरिकलाई आफुहरुले भत्ता दिएको भ्रम फिजाँएर सर्वसाधारणलाई भोट बैंकको रुपमा प्रयोग गर्यो। अहिले ओली र देउवाबीच केही सम्झौता भएको छ। ओलीलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न दुवै लागिपरेका छन्।
संविधान संशोधन गर्न दुई तिहाई आवश्यक पर्छ । तर, काँग्रेस–एमाले मिलेपछि दुई तिहाई पुग्दैन। काँग्रेस र एमाले मिल्दा १६७ हुन्छ । यद्यपि, संविधान संशोधन गर्दा दुई तिहाई अनिवार्य चाहिन्छ । यदि, संविधान नै संशोधन गरेर ओलीलाई प्रधानमन्त्री बनाएपनि देश विकास हुने छैन न त जनताले केही पाउने छन्।
ओली आफु झापाको गिरिबन्धु टु स्टेट र आरजु नक्कली भुटानी शरणार्थी प्रकरणमा जोगिन यो सबै खेल खेलिएको हो। यस्तो खेल चलिरहँदा काँग्रेसका विद्वान नेता शंशक कोइराला र डा.शेखर कोइराला मौन छ।
उनीहरुले अहिलेसम्म यसको विरोध गरेका छैनन्। यता, काँग्रेसका लोकप्रिय नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी सुजता कोइराला ओली–देउवाको सहमतिविरुद्ध उभिएकी छैनन्।
केही दिनअघि सदनमा काँग्रेसका सांसद रामहरि खतिवडाले पहिरोले सडक अवरोध गरेमा डोजरले पन्छाएजसरी अब सदनले प्रचण्डलाई फ्यालेर ओली प्रधानमन्त्री बन्ने बताए। तर, ०८४ सालको निर्वाचनमा काँग्रेस कहाँ पुग्छ भनेर अहिले काँग्रेसका नेताहरुलाई केही पनि ज्ञान छैन। रवि लामिछानले गृहमन्त्री हुनासाथ सुन काण्डमा माओवादीका नेता कृष्णबहादुर महरालाई समातेका थिए।
प्रधानमन्त्री माओवादीकै अध्यक्ष प्रचण्ड थिए। अर्कोतर्फ, महरा पटकपटक सांसद र सभामुख भइसकेका व्यक्ति पनि हुन्। जनयुद्धका साथी समेत रहेका महरा सुन काण्डमा पक्राउ पर्ने थाहा पाएपनि प्रचण्डले उनलाई जोगाएनन्। यता, रवि लामिछाने गृहमन्त्री हुनासाथ नक्कली भुटानी शरणार्थीमा पक्राउ पर्ने डरमा आरजु उपचारका लागि भन्दै भारत भागिन्।
अहिले आरजुलाई बचाउन काँग्रेसका नेता र सांसदहरु ज्यान फ्यालेर लागिपरेका छन्। आफ्नो पार्टीको सिद्धान्त, जनताको त्याग सबै बिर्सिएका छन्। त्यसैले, आगामी निर्वाचनमा काँग्रेस नराम्ररी पछारिनेछ। किनकि काँग्रेस भ्रष्टाचारीलाई समात्न सक्ँदैन।
उल्टै बचाउन खोज्छ। हजारौं जनता शहिद भएर र करोडौं जनताको विश्वास बोकेको काँग्रेस पार्टी आज एक जनालाई बचाउन खोज्दा जनताको आशा, भरोसा सबै गुमेको छ। अब काँग्रेसका नेताहरु जनतामाझ कुन मुख लिएर जान्छन् ?