त्रिशूली नदीमा बेपत्ता भएका बस तथा यात्रुको खोज तथा उद्धार कार्य स्थगित

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका(२९ स्थित सिमलतालमा गएको पहिरोमा परेको यात्रुसहितका दुई बसको अवस्था अज्ञात छ।

सडकमा गुडिरहेको यात्रुवाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीको भनाइ छ। तर, दिनभर खोजतलास गर्दा पनि बस फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

नारायणगढ-मुग्लिङ सडक खण्डको सिमलतालबाट बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन्।

एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा शुक्रवार बिहान सो बस घटनामा परेमा परेको थिए।

एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ। हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको थियो।

गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार रहेको बताइएको छ। गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन्।

दुई वटा बस त्रिशूलीमा खस्दा कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। प्रहरीले आज रात परेकाले खोज तथा उद्धार कार्य स्थगित भएको र भोलि बिहानैदेखि खोजीलाई निरन्तरता दिने बताएको छ।