कांग्रेस–एमालेले मध्यरातमा गरेको सहमति अझै भएन सार्वजनिक, किन राखियो त गोप्य ?
काठमाडौं। सरकार गठन गर्ने भन्दै कांग्रेस–एमालेले गरेको सहमतिकाे विषयमा संसद्मा प्रश्न उठेको छ। जनतालाई भन्न नमिल्ने गरि गरिएको सहमति कस्तो,किन र केका लागि भन्ने प्रश्न जोडदार ढंगले उठेको छ।
माओवादी केन्द्रसहित रास्वपा लगायतले प्रश्न गर्दा कांग्रेस एमाले भने सहमति समय आएपछि बताउने भन्दै आलटाले जवाफ व्यापारीको घरमा पुगेर सहमति गरियो? कस्तो सहमति हो ? लगायतका प्रश्नहरुले पेचिला प्रहार गरे। कांग्रेस–एमालेले नयाँ सरकार गठन गर्ने भन्दै मध्यरातमा गरेको सहमति अहिलेसम्म सार्वजनिक नभएपछि यो विषयमा चौतर्फी प्रश्न र शंका उब्जिएको छ।
मध्यरातमा गरिएको भनिएको सहमतिबारे प्रधानमन्त्री प्रचण्डले षडयन्त्र गर्नका लागि सत्ता समिकरण फेर्न खोजिएको आरोप लगाए। माफियाको इन्ट्रेस्टमा सरकार परिवर्तन गरिएको आरोप लगाउँदै आफु नेत्तृत्वको सरकारले कल्पना नै नगरेकाहरुलाई पनि थुनेर देखाएको दाबी गरे।
प्रधानमन्त्रीले जस्तै माओवादी केन्द्रले पनि कांग्रेस–एमालेबीच भएको भनिएको सहमतिमा प्रश्न गरेको छ। सहमतिका बुँदा गोप्य राखेका कारण संविधानको नाममा पश्चागमनतर्फ लैजान खोजिएको आरोप लगाउदै जनताको अधिकारलाई सुनिश्चित गर्न माग गरेको छ।
सत्ताबाट प्रतिपक्षमा धकेलिन थालेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एमाले कांग्रेसले गरेको सहमतिमा गम्भीर प्रश्न उठाएको छ। मध्यरातमा गरिएको सहमतिको उद्देश्य सर्वसाधारण जनताले नै थाहा पाइसकेको भन्दै दुई ठूला दलको सहमति कसलाइ जोगाउन हो भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रश्न समेत गरेको छ।
दुई ठूला दलबीच भएको सहमतिमा के विषय समेटिएका छन भन्ने प्रष्ट नहुँदा उठेका प्रश्नमा कांग्रेस–एमाले भने मौन रहेका छन्। दुई दलबीचको सहमति लगायत गठबन्धनबारे प्रश्न गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरकारबारे कुरा राख्दै गर्दा कांग्रेसले नियमापत्ति ग¥यो।
कांग्रेस सांसद रामहरि खतिवडाले रवि लामिछानले सम्बोधन गर्दै गर्दा नियमापत्ति गरेपछि उपसभामुखले समय छोट्याउन आग्रह गरिन्। त्यसपछि गृहमन्त्री रविले समय टुंग्याए।
सत्ता उलटफेरमा देखिएको यस्तो स्थितिले संसदमा जुहारी नै चलेको छ । तर, दुई ठूला दलले गरेको सहमतिको विषय सार्वजनिक नहुन्जेल सम्म प्रश्न भने उठ्ने देखिन्छ।