देउवा-ओलीले लगाए पाँच-पाँच मन्त्रालयको टुंगो, यी सांसद् मन्त्री बन्ने निश्चित
काठमाडौं । काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्म रहेकाले सोमबार मात्र शपथ हुने भएको हो।
आइतबार नयाँ सरकार गठनको गृहकार्यमा जुटेका नेपाली कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डाको मोटामोटी सहमति भएको छ। आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने छन्। आइतबार अबेर हुने भएकाले सोमबार बिहान ११ बजे शपथ लिने तयारी छ।
स्रोतका अनुसार ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पाँच/पाँच वटा मन्त्रालय भागबन्डामा सहमति जुटिसकेको छ। कांग्रेस गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय चलाउनेगरी अन्तिम सहमति भएको एक नेताले जानकारी दिए।
सहमति अनुसार, एमालेले अर्थ, रक्षा, शिक्षा, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कांग्रेसले गृह, परराष्ट्र, पर्यटन, स्वास्थ्य र कृषि मन्त्रालय लिनेछ।
कांग्रेसबाट प्रकाशमामन सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने देउवाको तयारी छ। उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित क्याबिनेटमा पठाइनेछ।
स्रोतका अनुसार रमेश लेखक गृहमन्त्री, देउवा पत्नी समेत रहेका आरजु राणा देउवा परराष्ट्र मन्त्री बन्ने निश्चित छ। एमालेबाट उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिएर उपाध्यक्ष विष्णु पौडेललाई अर्थ मन्त्रालय, योगेश भट्टराईलाई सूचना तथा सञ्चार मन्त्रालय दिने ओलीको तयारी छ। ओली निकट एक नेताका अनुसार पृथ्वीसुब्बा गुरुङको पनि मन्त्री बन्ने सम्भावना रहेकाे बताएका छन्।