श्रीमतीको हत्या गरी छोरा लिएर श्रीमान् फरार

काठमाडौं। रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाटी रेटेर हत्या गरेका छन्। जिल्लाको भूमे गाउँपालिका–६ तमारी चिसापानीका २७ वर्षीय दामे भनिने जीवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाटी रेटेर हत्या गरेका हुन्।
ओलीले शुक्रबार राति ११ बजेतिर श्रीमतीको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । उनका अनुसार अप्सराको सव घरबाट सय मिटर पर खोल्सामा फालिएको अवस्थामा भेटिएको हो।
हत्यामा संलग्न भनिएका मृतकका श्रीमान् जीवन ओली ५ वर्षीय छोरा आयुस ओलीलाई साथमा लिएर फरार छन्। उनको खोजी कार्य जारी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।