काठमाडौं आइपुगे भुटानी राजा, परराष्ट्रमन्त्रीले गरे स्वागत
काठमाडौं । भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौं आइपुगेका छन् । उनी अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
भुटानी राजा नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा आएका हुन् । उनी आजै स्वदेश फर्कनेछन्।