आज विपक्षी दलहरुको बैठक बस्दै
काठमाडौं। विपक्षी दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो।
बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।
यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । उक्त बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो ।
माओवादी केन्द्रको आह्वानमा विपक्ष दलहरुको बैठक बस्दै आएको हो । बैठकमा सरकारविरुद्ध रणनीति बनाउने र खबरदारी गर्ने लगायतका विषयमा छलफल हुँदै आएको छ।