सहकारी ठगहरू पक्राउ गर्न चुक्दै ओली सरकार, विदेश फरार भएका १० जना ठगहरू अझै बेपत्ता ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भीआईपी ठग पक्राउ गर्न चुक्दै आएको देखिन्छ। भीआईपी ठगहरू एकबर्षमै १० जना विदेश पलायन भएका छन्।

हजारौं बचतकर्ताका अर्बौं रकम अपचलन गरेर विदेशमा आरामको जीवन बिताइ रहेका सहकारी ठगहरुलाई सरकारले इन्टरपोलमार्फत नेपाल झिकाउन अझै सकेको छैन। गरिब, दुःखी जनताले बचत गरेको रकम दुरुपयोग हुँदा पनि राज्य भने निरीह बनेको छ। जसले पीडितहरुले न्याय पाउनेमै शंशय पैदा भइरहेको देखिन्छ।

हजारौं बचतकर्ताहरुको अर्बौं रकम कुम्ल्याएर विदेशमा मस्तीको जीवन बिताइरहेका सहकारी ठगहरुलाई सरकारले पक्राउ गरेर नेपाल झिकाउन सकिरहेको छैन। जीबी राईसहित १० जनालाई नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरे पनि त्यो नोटिस भित्तामा टास्नेभन्दा अरु केही उपलब्धि हासिल हुन सकेको छैन।सहकारीमा देखिएको समस्या समाधानका लागि केही गरे जस्तो देखाए पनि पीडितलाई न्याय दिलाउन भने सरकारले कुनै चासो देखाएको छैन।

बरु सहकारी प्रकरणलाई राजनीतिक रंग दिएर गिजोल्नेतर्फ सरकार उद्यत देखिन्छ। अर्बौं लुटेर विदेशमा रहेकाहरुलाई कानुनी दायरामा ल्याउन नसक्ने तर नेपाल भित्रै रहेका सहकारी प्रकरणमा मुछिएकाहरुलाई भने सके जति डाम्ने रणनीतिमा सरकार लागेको देखिन्छ।

सरकारी संयन्त्रले बेलैमा समस्याग्रस्त सहकारीमाथि निगरानी नगर्दा बचतकर्ताको अर्बौं रकम ठग्नेहरू अहिले फरार छन्।विदेशमा लुकेर बसेका १० जना कोको हुन् त?

सूर्यदर्शनसहित पाँच सहकारीको अर्बौं रकम झ्वाम पारेर हजारौं बचतकर्ताको बिच्ल्ली गराएका जीबी राई सहकारी ठगको मोस्ट वान्टेड सुचीको पहिलो नम्बरमा पर्छन्। सहकारीको रकम अपचलन गरेर फरार भएका जीबीलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको छ।

जीबीविरुद्ध २०८० माघ २५ गते रेड नोटिस जारी भएको थियो।जीबी राई मलेसियामा लुकेर बसेको भन्ने अपुष्ट जानकारीका आधारमा नेपाल प्रहरीको एउटा टोली मलेसिया पुगेर समेत फर्किएको थियो । तर हाल जीबी कहाँ, कुन अवस्थामा छन् भन्नेमा सरकार र प्रहरी नै बेखबर छन्।

त्यस्तै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम मुछिएको मितेरी सहकारीको १४ करोड हिनामिनामा धनराजकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध पनि इन्टरपोलमार्फत रेड नोटिस जारी भएको छ। ज्योति हङकङमा लुकेर बसेको भन्ने जानकारी भए पनि राजनीतिक संरक्षण रहेकालेप्रहरीले ज्योतिलाई नेपालल्याउन कुनै पनि भूमिका नखेलेको आरोप लाग्दै आएको छ।

धनराज गुरुङको नाम जोडिएको मितेरी सहकारीको तत्कालीन अध्यक्ष ज्योतिबहादुर गुरुङ पनि धनराजकी पूर्वपत्नीसंग मिलेर सहकारीको करोडौं रकम कुम्ल्याएर विदेशमा फरार रहेका व्यक्ति हुन् । उनीविरुद्ध पनि प्रहरीले इन्टरपोलमा रेड नोटिस जारी गरेको छ।

कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिनाका अर्का फरार प्रतिवादी हुन् थानबहादुर बुढा मगर, उनीविरुद्ध पनि रेड कर्नर नोटिस जारी भएको छ । उनीजीबी राई जोडिएको सहकारी सूयदर्शनकै अर्का आरोपित हुन्।
नम्बर ५।सागर केसी

जीबी, छवि र रवि जोडिएको सुप्रिम सहकारी ठगीका मुख्य आरोपितमध्येका एक हुन्,सागर केसी। उनीविरुद्ध २०८१ कात्तिक ७ गते रेड नोटिस जारी गरेर खोजी भइरहेको छ।सुप्रिमकै रकम ल्याएर गोर्खा मिडियामा लगानी गरेको आरोपमा पूर्वडीआइजी छविलाल जोशी र रास्वपा सभापति रवि लामिछानेमाथि मुद्दा चलिरहेको छ।

सुप्रिम सहकारीको रकम अपचलनका अर्का अभियुक्त हुन् देवेन्द्र राई। उनीविरुद्ध पनि रेड नोटिस जारी भएको दुई महिना भइसकेको छ । तर प्रहरीले हालसम्म पनि उनी कुन देशमा लुकेर बसेका छन् रु भन्ने पत्ता लगाउन सकेको छैन।
 

जीबीकै समूहमा रहेर सहकारीको रकम ठगी गरेको आरोप लागेका भूपेन्द्र राई पनि इन्टरपोलको खोजीको सूचीमा छन् । सूर्यदर्शन सहकारीको ९२ करोड असुल गर्नुपर्ने मागसहित जिल्ला अदालत कास्कीमा मुद्दा दायर भइसकेका राईविरुद्ध जीबीसँगै गत माघ २५ गते रेड नोटिस जारी भएको थियो ।
 

त्यस्तै सबैभन्दा धेरै रकम अपचलन भएको आरोप लागेकामध्ये अर्का आरोपित हुन्,भरत महर्जन। बचतकर्ताको १५ अर्बभन्दा बढी हिनामिना गरेको आरोप लागेका महर्जन पनि इन्टरपोलको सूचीमा छन्। महर्जनविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत् २०८० माघ १९ मै रेड नोटिस जारी गरे पनि हालसम्म पक्राउ पर्न सकेका छैनन्।

पर्वतस्थित तपाईं हाम्रो बचत तथा ऋण सहकारीका सञ्चालक बालगोपाल श्रेष्ठविरुद्ध ११ करोड ठगीको आरोप छ । अहिले फरार रहेका बालगोपालविरुद्ध इन्टरपोलमार्फत् २०८१ कात्तिक १३ गते रेड नोटिस जारी भएको थियो। रेड नोटिस जारी भएर पनि पक्राउ पर्न नसकेका श्रेष्ठ सहकारीको ठूलो रकम कुम्ल्याएर विदेशमा मस्ती गर्ने ठगहरुमध्ये एकमा पर्छन्।

बाग्लुङ नगरपालिकाको मेयर देवकुमार नेपालीकी पत्नी छेला नेपाली पनि फरार अभियुक्तको सूचीमा रहेकी व्यक्ति हुन्। बाग्लुङमा रहेको इमेज सहकारीको करिब डेढ अर्ब रकम अपचलन गरेर नगरपालिका प्रमुखसमेत रहेका देवकुमार नेपाली फरार थिए। तर उनी फरार रहे पनि इन्टरपोलबाट रेड नोटिस जारी भएपछि उनलाई भारतमा पक्राउ गरी नेपाल ल्याइएको थियो।

हाल उनी पुर्पक्षका लागिकारागारमा छन्। १६ महिनादेखि फरार उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा पेस गरेको थियो। सहकारीको पैसा लुकाउन भूमिका खेल्ने उनकी श्रीमती छेला नेपालीविरुद्ध पनि अहिले रेड नोटिस जारी भएको छ। डेढ अर्ब अपचलन गरेको आरोप लागेकी छेलाविरुद्ध २०८० माघ १० गते रेड नोटिस जारी भएको हो।

सहकारीको रकम अपचलन गरेर विदेशमा लुकेर बसेका फरार ठगहरुलाई पक्राउ गरी नेपाल ल्याउनसरकार चुक्दै गएको छ। हजारौं बचतकर्ताहरुरकम फिर्ता आउने आशामा बसिरहेका छन् तर सरकार र प्रहरी भने आफ्नालाई जोगाउने विरोधीलाई जाक्ने रणनीतिमा देखिन्छन्। यसबाट सहकारी पीडितहरुले न्याय पाउछन् भन्ने मैै शंशय पैदा गरिरहेको छ।