धनुषामा सवारी दुर्घटनाले ६ महिनामा २६ जनाको मृत्यु

जनकपुरधाम। धनुषामा ६ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका ५०६ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो। अघिल्लो वर्षको सोही अवधिमा ५९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए।

उक्त कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लंघन गरेका १२ हजार ५९३ सवारीसाधनका सञ्चालकबाट ९७ लाख ५८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जनाएको छ।

गत आवको सोही अवधिमा १४ हजार २३६ सवारीसाधनबाट रु एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व संकलन भएको थियो।