सुनचाँदीको मूल्य बढ्यो,तोलामा कति ?

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार बढेर एक लाख ६० हजार ६०० रुपैयाँ कायम भएको हो।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी पाँच रुपैयाँ बढेर एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो।