भारतमा बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको फैसला
काठमाडौं।भारतको एक अदालतले किशोरीको सामूहिक बलात्कार र हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
उनीहरुले सन् २०२१ को जनवरीमा किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगेर सामूहिक बलात्कार गरेका र परिवारका अन्य सदस्यले प्रतिरोध गर्न खोजेपछि सबैको हत्या गरेका थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार बलात्कार रोक्न खोज्दा किशोरीका बुबा र उनको तीन वर्षीया भतिजीको हत्या भएको थियो।
बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
छैटौं व्यक्तिलाई भने ‘अपराधमा संलग्न भएको अभियोगमा दोषी ठहर गरियो तर बलात्कारमा संलग्नता प्रमाणित नभएकाले हत्या अभियोगमा आजीवन जेल सजाय सुनाइएको छ ।भारतमा मृत्युदण्डको व्यवस्था भए पनि व्यवहारमा विरलै दिइने सजाय हो।