सुनको मूल्य बढ्दा चाँदी घट्यो, तोलामा कति ?

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबारको तुलनामा सुन ६ सय रुपैयाँ बढेको हो।

हिजो १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार २ सय कायम भएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य भने ३० रुपैयाँ घटेको छ। सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो।