रविसहित ४ जनालाई थुनामै राख्न माग गर्दै उच्च अदालत पुग्यो सरकार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै जिल्ला सरकारी वकिल काठमाडौंले मुद्दा दायर गरेको छ ।
कालिमाटीको स्वर्णलक्ष्मी सहरीको रकम ठगीका प्रतिवादी रविसहित ४ जनालाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै सरकारी वकिल कार्यालयले सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
उच्च सरकारी वकिल कार्यालयका प्रमुख शंकर खत्रीले लामिछानेसहित ४ जना प्रतिवादीलाई थुनामै राख्नुपर्ने माग गर्दै एक साताअघि आएको निवेदन अध्ययन गरेर सोमबार दर्ता गरिएको जानकारी दिए ।
निवेदनमा धरौटीमा छुटेका रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीको लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामालाई थुनामै राख्नुपर्ने माग गरिएको छ ।
उनीहरू सबैलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनीहरू सबै धरौटी बुझाएर रिहा भएका थिए।