बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौैं । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ ।अहिले साँझ ६ बजेपछि सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

जनता समाजवादी पार्टी, नेपालले संघीय संसद्‌मा पेस गरेको अध्यादेश ६ वटामध्ये भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने निर्णय गरेलगत्तै संयन्त्रको बैठक बसेको हो।

सरकारले ल्याएका ६ वटा अध्यादेश संसद्मा प्रस्तुत भएका छैनन् । राष्ट्रियसभामा निर्णायक मानिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालले निर्णय नलिएपछि अध्यादेश प्रस्तुत नभएको हो ।

जसपा नेपालले भूमिसम्बन्धी विधेयक स्वीकार नगर्ने निर्णय आज मात्रै लिएको छ ।