अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भयो: उपमहासचिव शर्मा
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद जनार्दन शर्माले सरकारले ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको टिप्पणी गरेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले भने,मिठो कुरा पनि घाटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन। आज अध्यादेश कहाँ अड्किरहेका छन् ?एजेण्डामा छलफल गर्न किन पछि परिरहेको छ ?त्यसलाई छिटो छलफलमा ल्याउनुपर्यो।
त्यस्तै, उनले छलफलमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सकिने भन्दै त्यो घाटीमा अड्किएको हड्डीरुपी अध्यादेश छलफलमा ल्याउन सुझाव दिए। उनले संसदमा सांसद आफैले विधि नमान्ने गरेको भन्दै शक्ति र पावरले विधि मान्नुनपर्ने नेपाली प्रवृत्तिको विकास हुँदै आएकोमा चिन्ता प्रकट गरे ।