आज यस्तो रहनेछ दिनभरकाे माैसम

काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। साथै, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।