घरायसी विवादमा सासुको हत्या,बुहारी पक्राउ

काठमाडौं । धनुषामा सासुको हत्या आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । जनकनन्दनी गाउँपालिका– ५ उधाकी ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या आरोपमा उनकै बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डल पक्राउ परेकी हुन्।

घरायसी विवादका क्रममा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षाकुमारीलाई मंगलबार राति पक्राउ गरेको हो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।