नागरिक उड्डयन प्राधिकरणले माग्यो करारमा २५ कर्मचारी
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले करारमा कर्मचारी मागेको छ। प्राविधिक, समूहः एट्रास, तह सातौँ, वरिष्ठ अधिकृत २५ जना माग गरेको हो।
स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवामा कर्मचारी माग गरेको प्राधिकरणले जनाएको छ।