१३ वर्षीया बालिका बलात्कृत, २ जना पक्राउ

काठमाडौं। रुपन्देहीमा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन्। बिहीबार साँझ देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार अजय र गोविन्दले ती बालिकालाई गत मंगलबार राती जबरजस्ती करणी गरेको उजरी परेको थियो। सोही उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनीहरूलाई दुई दिनपछि पक्राउ गरेको व्रहरीले जनाएको छ। उनीहरुलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।