ओलीलाई प्रचण्डको अहिलेसम्मकै कडा धम्की: जनयुद्धलाइ मेटाउछु भन्ने सपना कसैले नदेखे हुन्छ,आफै खरानी भएर जान्छौं (भिडियो)
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सकिने बाटोमा अगाडि बढेको बताएका छन्। ओलीलाई प्रचण्डले जनयुद्धलाइ सामान्य मानेर हल्का टिप्पणी नर्गन समेत धम्की दिएका छन्। जनताले लडेर ल्याएको व्यवस्थामा जनतालाइ नै दुख दिएर धेरै फुरफुर नर्गन म चेतावनी दिन चाहान्छु प्रचण्डले भने। जनतालाई धेरै दुख दिने प्रयास भइरहेको छ यदि त्यस्तो हुँदै गए फेरिपनि जनताकाे आन्दोलनले त्यस्ता तत्वलाइ खरानी बनाउने निश्चित भएको बताए। जनयुद्धलाइ मेटाउछु भन्ने सपना कसैले देखेको छ भने त्यो आफै खरानी भएर जाने प्रचण्डले कडा चेतानी दिएका छन्।