आज यी पाँच प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौं। आज पाँच प्रदेशमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो।

तराईका केही भूभागमा हुस्सु कुहिरो लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।